काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको थियो । बैठकमा दलका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गरेकाे एजेण्डामाथि आ–आफ्ना धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘पहिलोपटक संसदमा सम्मिलित सबै दलहरुको छलफल भएको छ । राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुनेछ । बैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुनेछ । स्थानीय निर्वाचनलाई उत्सवको रुपमा मनाऔं । दुवै चरणको...
काठमाडौं । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ । चीन अध्ययन केन्द्र र रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले संयुक्तरुपमा आज आयोजना गरेको ‘एक क्षेत्र एक मार्ग प्रयास र दक्षिण एसिया’ विषयक कार्यशालामा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले त्यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको चीन भ्रमणका बेला त्यहाँको उच्च नेतृत्वसँग एक क्षेत्र एक मार्ग (ओबिओआर) मा नेपालको राजधानी, पर्यटकीय नगर पोखरा र शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङबाट जोडिनुपर्ने प्रस्ताव गरेको बताए । “सतह र नभमार्गबाट सम्पर्क विस्तार र व्यापार प्रवद्र्धन हाम्रो प्राथमिकता...